अन्तर्राष्ट्रिय

अपडेटः दिल्ली विधान सभामा आम आद्मी ६२, भाजपा आठ स्थानमा विजयी, कांग्रेस शून्य !

एजेन्सी । भारतको नयाँ दिल्लीमा विधान सभाका लागि भएको निर्वाचनमा आम आदमी पार्टी (आप) ले मङ्गलबार सम्पन्न मतगणनामा ६२ सीटमा विजय भएको छ ।

त्यस्तै भारतीय जनता पाटी (भाजपा) ले आठ स्थानमा विजय हाँसिल गरेको छ । प्रतिशतका आधारमा भाजपाले ८८.५७ प्रतिशत सीट ल्याएको छ भने भाजपाले ११।४३ प्रतिशत सीट जितेको छ ।

कूल ७० सीटको विधान सभामा आपले कूल ६२ सीटमा विजय गरेको छ भने भाजपाले जम्मा आठ स्थानमा जीत निकालेको छ भने केन्द्रमा प्रमुख प्रतिपक्षी दल भारतीय कङ्ग्रेसले कुनै पनि स्थान सुरक्षित गर्न सकेन ।

यस अघि सन् २०१५ को विधान सभामा आपले ६७ सीट जितेको थियो भने भाजपाले तीन सीट ल्याएको थियो ।

मङ्गलबार सम्पन्न निर्वाचन परिणामको नतिजालाई भारतीय निर्वाचन आयोगका अधिकारीहरूले पुष्टि गरेका छन् । परिणामलाई निर्वाचन आयोगको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ ।

दिल्ली विधान सभामा कङ्ग्रेसले मतगणनाको प्रारम्भिक चरणमा एक दुई स्थानमा अग्रता लिए पनि यो धेरै समय टिक्न सकेन । कडा सुरक्षाको बीचमा शहरभरिका २१ केन्द्रहरूमा मतगणना गरिएको थियो ।

निर्वाचन आयोगको साँझ ९ः३० बजे सम्मको तथ्याङकमा आपले सबैभन्दा बढी ५३.५७ प्रतिशत मत प्राप्त गरेको छ भने भाजपाले ३८.५० प्रतिशत मत पाएको छ ।

कुनै पनि सीट नजितेको कङ्ग्रेसले निकै थोरै ४.२६ प्रतिशत पाएको उल्लेख छ ।