प्रदेश 1

नेकपा नेतासहित ३०० जना काँग्रेस प्रवेशः नेकपाले पहाड फोड्ने कुरा गर्ने तर काम सिन्कोपनि नभाँच्ने आरोप

इनरुवा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेकपा जिल्ला सदस्य तज्मुल मन्सुरीसहित ३०० जना नेकपाका नेता कार्यकर्तँ काँग्रेस प्रवेश गराएका छन् । सुनसरी क्षेत्र नम्बर ४ का निर्बाचित साँसद समेत रहेका काँग्रेस नेता कार्कीले आज एक कार्यक्रम गर्दै नेकपाका ३०० भन्दा बढी कार्यकर्ताहरुलाई टीका लगाएर काँग्रेस प्रवेश गराएका हुन् ।

काँग्रेसका शक्तीसाली सभापति गिरिजा प्रसाद कोईरालाको निर्बाचन क्षेत्र पर्ने सुनसरीबाट पछिललो प्रतिनिधि सभा निर्बाचनमा भारती मतका साथ विजयी भएका साँसद कार्कीले गरेको पछिलला जिललाका काम देखेर काँग्रेस प्रवेश गरेको नवप्रवेशीहरुले बताएका थिए ।

नवप्रबेशीहरुले नेकपाले काम भने सिन्कोपनि नभाँच्ने बरु कुरा भने सगरमाथा नै फोड्ने बरु भ्रष्टाचारमा तललीन भई देश नै बर्बाद पार्ने सम्भावना देखेर काँग्रेस नै जनताको पार्टी भएको भन्दै बिना शर्त काँग्रेस प्रबेस गरेको बताएका थिए ।

पछिल्लो समय नो कार्की बाक्लो रुपमा सुनसरीका स्थानीय कार्यकर्ता तथा स्थानीयसँग समीपमा भएका कारण उनको लोकप्रीयता थप बढ्दै गएको छ ।  गत निर्बाचनमा सुनसरीका ४ क्षेत्रमधये काँग्रेसले ३ क्षेत्र जितेको छ पछिल्लो समय भएको स्थानीय तहको धरान उपमहानगरपालीकाको निर्बाचनमा मेयरमा काँग्रेसका तिलक राईले जितेपछि काँग्रेस झनै बलियो भएको स्थानीय बताउँछन् ।

 

प्रवेशीहरुसहितसँग तस्विर खिचाउँदै नेता कार्की