समाचार

सिके राउतको ठोकुवाः करोडौं खर्च गरेर जितेका नेकपा, कांग्रेस र राजपाका नेताले केही गर्न सक्दैनन्

काठमाडौ । सिके राउतको नेतृत्वका जनमन पार्टीले आज विरगंजमा आयोजना गरिएको आमसभामामा बोल्दै जयकुमार शाहले अन्य पार्टीभन्दा आफ्नो पार्टी राम्रो रहेको बताएका छन् ।

उनले भने, ‘हिजोआज गाउँमा बच्चा बच्चा सिके राउतको गीत गाइरहेका छन् । सिके राउतको पार्टी अरुभन्दा राम्रो छ । सिके राउत अरु नेता भन्दा राम्रा छन् । त्यसैले भाषण सुन्नका लागि आएको हुँ ।’

उक्त कार्यक्रममा सिके राउत बोल्दै भने, ‘स्थानीय तहदेखि केन्द्रसम्म जनताले नै चुनेको जनप्रतिनिधि छन् । तर कुनै पनि ढंगले जनताको शासनको आभास हुन पाएको छैन । जो सुटकेसमा करोडौं दिएर टिकट लिएर मेयर, गाउँपालिका अध्यक्ष बनेका छन् । उनीहरुले के गर्छन् ? भ्रष्टाचार गर्छन्, करोडौं कमाउँछन् । जनतामाथि दमन गर्छन । यहाँ त्यही भइरहेको छ ।’ उक्त कार्यक्रममा राउतको फोटोहरु टासेर राखेको थियो ।