स्वास्थ्य

आमाले मृगौला दिन्छु भन्दा पनि प्रत्यारोपण गर्ने पैसा नभएपछि सहयोगको अपिल

काठमाडौं । जीवनमा केहि गर्ने जोश र जाँगरका साथ अघि बढिरहेका रोशन राई १२ कक्षामा अध्ययनरत थिए । विशेषगरि उनको रुचि गायनमा थियो । उनी बजारमा आएका आधुनिक, पप , फिल्मी गीतहरु हुबहु गाउँथे । साथी , परिवार तथा शिक्षकहरु पनि उनको प्रतिभाबाट प्रभावित थिए र रोशन एकदिन ठुलो गायक बन्छ भन्ने कुरामा ढुक्क पनि थिए ।

बुवा वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा थिए । घरमा आमा , एउटा भाई , एउटा वहिनीका साथ रोशन बस्दथे । १२ कक्षा पास गरेर काठमाँडौ जाने अनि पढाई र कामको साथ आफ्नो गायक बन्ने सपना पुरा गर्ने र भाईबहिनीको जिम्मेवारी बहन गर्ने उनको योजना थियो किनकी उनको बुवाको पनि विदेशमा भनेजस्तो राम्रो नभएर नेपाल फर्कने योजनामा थिए ।

भगवानले राम्रो स्वर दिएको रोशनको मृगौला भने जन्मँदै एउटा मात्र रहेको थियो । एउटा मात्र मृगौलाले पनि राम्रै काम गर्ने र बच्चैदेखि स्वास्थ्यमा खास्सै समस्या नआएकोले बेला बेलामा रोशनको एउटा मात्र मृगौला छ भन्ने कुराको हेक्का समेत हुँदैन थियो । एक्कासि १२ पढ्दापढ्दै रोशन बिरामी भए । ज्वरो आउने , जिउ सुन्निने हुन थाल्यो । सुरुमा परिवारले सामान्यनै समस्या होला भन्ने सोचे ।

चितवनकै हस्पिटलमा जचाइयो तर रिपोर्ट आउँदा सबैजना छाँगाबाट खसेजस्तो भए । भर्खर १९ वर्ष लागेका र जन्मँदै एउटा मात्र मृगौला लिएर आएका रोशन राईको त्यही एउटा मृगौलाले पनि काम नगर्ने भयो अथवा बोलिचालीको भाषामा भनौ मृगौला फेल भयो । छोराको यस्तो खबरले उनको बुवा पनि विदेशबाट फर्किए । आफुसँग भएको खर्च र ऋण सहयोग छोरालाई काठमाँडौ ल्याउँदै डाइलासिस गराउँदै सकियो । घरको आर्थिक स्थिति झ्नझ्न नाजुक भयो । रोशनलाई उपचारको लागि काठमाँडौ ल्याईराख्नपर्नाले रोशनको पढाई र बुवाको काम पनि छुट्यो । आमा हिँडिरहन नमिल्ने साना साना नानीहरुलाई पनि हेर्नपर्ने । यसरीनै २ वर्ष बित्यो ।

आफ्नो भर्खरको छोरा थलिएको देख्न नसकेर र डाइलासिसको सँधैको दुख तथा आउजाउको आर्थिक भार तथा छोराले नयाँ जीवन पाउने आशमा आमा विवा राईले छोरालाई एउटा मृगौला दिने निर्णय पनि गरिन् । सबै टेस्ट गर्दा डोनर म्याच पनि ग¥यो तर समस्या झन् थपियो । मृगौला प्रत्यारोपण गर्न १०, १२ लाख खर्च लाग्ने देखियो ।

घरको आर्थिक अवस्था एकदमै नाजुक रहेकोले र भर्खरको रोशन राईले नयाँ जीवन पाउन भन्ने हेतुले विरामी रोशन तथा उनको परिवारले जतिसक्दो सहयोगको लागि सम्पूर्ण देश विदेशमा रहेका नेपालीहरुलाइै आह्वान गरेका छन् । थोपा थोपा मिली समुन्द्र बन्छ भनेजस्तै तपाई हाम्रो थोरै थोरै सहयोगले रोशन राईले पक्कै नयाँ जीवन पाउनेछन् ।

सहयोगको लागि सम्पर्क : 9811253948
Bank Account : Roshan Rai : 10410701010549000001 Prabhu Bank