समाचार

देश विकासमा युवा वर्गको सहभागिताको महत्त्व : प्रधानसेनापति थापा

काठमाडौ । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले नवलपुर जिल्लाको हात्तिखोरस्थित श्री राष्ट्रिय सेवादल मध्य तालिम शिक्षालयमा संचालित सि.सं.१५औं व्याच सिनियर डिभिजनNational Cadet Corps (NCC) तालिमको दीक्षान्त कवाजको निरीक्षण भ्रमण गरेका छन् ।

दीक्षान्त कवाजमा सम्बोधन गर्दै प्रधानसेनापति थापाले देशभक्ति, राष्ट्रियता र राष्ट्रिय एकता अभिबृद्धी गर्दै नैतिक र अनुशासित भावी नेतृत्व तयार गर्ने मूल उद्देश्य लिएर नेपाली सेनाले विगत लामो सयमदेखि NCC तालिम संचालन गर्दै आएको बताए ।

उनले राष्ट्रिय युवा सशक्तिकरण कार्यक्रम अन्तरगत संचालित १०० दिनको तालिम सफलतापूर्वक सम्पन्नद गर्ने सबै क्याडेट छात्ररछात्राहरुलाई बधाई दिँदै देश विकासमा युवा वर्गको सहभागिताको महत्त्व बुझेर आफ्ना छात्ररछात्राहरुलाई तालिमको लागी प्रेरित गराउनु हुने अभिभावक, शिक्षकवर्ग एवं शिक्षण संस्थाहरुमा हार्दिक आभार व्यक्त गरेका थिए । साथै, क्याडेट छात्ररछात्राहरुले निःस्वार्थ सेवा भावले राष्ट्रप्रति समर्पित भई एक सच्चा नेपाली नागरिकका रुपमा आफ्नो समाजमा महत्त्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गर्न सुरु गर्नेछ भन्नेमा विश्वस्त रहेको समेत बताएको थियो । समारोहमा उक्त सेवादलका क्याडेट छात्ररछात्राहरुले नृत्य तथा आफ्नो कला प्रस्तुती गरेका थिए ।

अनुशासित, कर्तव्य परायण एवं नेतृत्व क्षमता अभिवृद्धि गरी युवाहरुको समग्र व्यक्तित्व विकास गराउने उद्देश्य लिई वि.सं.२०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवा दलका गतिविधि तथा संचालित तालिमहरुको लोकप्रियता बढ्दै गए सँगै यसलाई ७७ वटै जिल्लामा विस्तार गरी सकिएको र हालसम्म एकाउन्न हजार तीनसय बत्तिस ९५१,३३२० जना क्याडेट छात्ररछात्रा ल्ऋऋ तालिमबाट दीक्षित भईसकेका छन् ।

यस किसिमको तालिमबाट क्याडेट छात्ररछात्राहरुको मानसिक र वैचारिक परिपक्व्ता तथा नेतृत्व विकास गरी राष्ट्रपति समर्पित असल नागरिक निर्माण र व्यक्तित्व विकासमा टेवा पुग्ने विश्वाबस नेपाली सेनाले लिएको छ ।