समाचार

मन्त्रिपरिषद्को बैठकवाट ठाकुर प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त

काठमाडौ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकवाट ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको छ । यसअघि सोमबार बसेको मन्त्रिपरिषद बैठकले आईजीपीबारे निर्णय लिन सकेको थिएन ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृह सचिव महेश्वर न्यौपानेको छलफलपछि ज्ञवालीलाई आईजीपी बनाउने प्रस्ताव लैजाने निर्णय भएको हो । प्रहरी नायब महानिरीक्षकका रुपमा उनी प्रदेश नं. १ प्रहरी प्रमुखका रुपमा कार्यरत् थिए ।

आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले सेवाहदका कारण अवकाश पाउँदैछन् । ३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे ज्ञवालीले ५ महिनाका लागि प्रहरी संगठन हाक्नेछन् ।