राजनीति

धर्मको नाममा कु-प्रथा फैलाउने स्वस्थानिका पाना च्यात्न सांसद यसोदा सुवेदि गुरुङको माग

काठमाडौं । नेकपाकी सांसद यशोदा सुवेदि गुरुङले स्वस्थानिब्रतका किताबका पाना च्यात्नु पर्ने माग गरेकी छिन्  । प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा उनले धर्मको नाममा विभेद हुने स्वस्थानिब्रतका किताव र महिलाहरुले पञ्चमि नुहाउने प्रथालालाई समाजबाट हटाउन माग गरेकि हुन् ।

समाजमा धर्मको नाममा महिलाहरुलाई पछाडी पार्ने धर्म र संकृतिको परिमार्जन गर्नुपर्ने बताएकी छिन् । सरकारले छाउगोठ भत्काउने अभियान राम्रो रहेको तर छाउँगाठ भत्काउनु समस्याको समाधान नभएको बताएकि छिन । उनले मानिसको मन र मनस्थितिमा रहेको कु प्रथालाई भत्काउनु पर्ने र यस्ता छाउप्रथालाई मदबुद पार्ने खालका धर्महरुलाइ परिमार्जन गर्न सरकारको ध्यान आर्कषण गराइन् । उनले धर्मको नाममा रहेको कु- प्रथाको अन्त्यका लागी गाउँ, शहर, सरकार, राजनैतिक दल सरोकारवाला निकाय र सम्बन्धित सबैको सशक्त रुपमा योगदानको जरुरी रहेको बताइन् ।