आर्थिक

टाटा मोटर्सद्वारा प्रेम दिवश सप्ताह कार्यक्रमको आयोजना

काठमाडौं । टाटा मोटर्स नेपालको लागि एक मात्रआधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले भ्यालेनटाइन डेलाईलक्षित गरेर “TATA MOTORS Valentine Week Wheels Of Love” नामकविशेष कार्यक्रमको आयोजना गरेको छ ।

टाटा मोटर्सको थापाथलीस्थित सोरुममा फेबु्रअरी १३ देखि १५ सम्म यस कार्यक्रमको आयोजना भईरहेको छ । यस अवधिभित्र सोरुममा आउने ग्राहकहरुलाई टाटा मोटर्सले मनोरञ्जनात्मक प्रस्तुति सहित विभिन्न उपहारहरुले स्वागत गरिरहेको छ । ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागीभई नयाँ आकर्षक तथा अत्याधुनिक डिजाइनका टाटाको गाडीहरु एचफाईभ, नेक्सन, टियागो र टिगोर लगाएतका गाडिहरु अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् । यस अवधिभित्र सोरुममाआएर टाटाको जुनसुकै मोडलको गाडिहरुखरिद गर्नुहुने ग्राहकहरुलाई कपल टुर टु माल्दिभस, बुकिङ्ग गर्नुहुने ग्राहकहरुलाई डाइमण्ड रिङ्ग, प्रत्येक भ्याल्युएसनमा पफ्र्यूमको साथै निःशुल्क जेन्युइन एसेसरिज, डोर प्राइज, एक वर्षको निःशुल्क रोड टयाक्स तथा टेस्ट ड्राइभ गर्नुहुने ग्राहकलाई पनि आकर्षक उपहारहरु प्रदान गर्नेछ ।

सुवर्ण अवसरको फाइदा उठाउँदै सु–सज्जित सोरुममापाल्नुभई गाडी टेस्ट ड्राइभ, बुकिङ्गतथाखरिद गर्नुहुन टाटा मोटर्सले सवैलाई आग्रह गरेको छ ।