आर्थिक

सिजी टेलीकमको सरकारलाई प्रश्नः सबै मापदन्ड पुरा गर्दा किन लाईसेन्स दिईएन ?

काठमाडौं । सरकारका सबै मापदन्ड पुरा गर्दा पनि लाईसेन्स किन नदिएको भन्दै सिजि कम्पनीले सरकारलाई प्रश्न गरेको छ । चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वान चौधरीले सरकारको सबै सर्तहरु मानी बक्यौता रकम सबै बुझाउछौं भन्दापनि सरकारले आफनो कम्पनीलाई २० अर्ब भुक्तानि नगरेसम्म लाईसेन्स दिदैन भनेको प्रति आपत्ति जनाएका छन् ।

गत हप्ता आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल वास्कोटाले सीजी टेलिकमले २० अर्ब नतिरेसम्म लाईसेन्स दिन नसकिने बताएका थिए ।

उनले आफुहरु सरकारका सबै पुर्वसर्त मान्दै बक्यौता रकम तिरेर युनिफाईड लाईसेन्स लिन तयार भएपनि किन रोकिँदै छ भन्दै प्रश्न गरे ।

सरकारलाइ ग्रामीण दुरसञ्चार सेवाको लाईसेन्लस बाफत तिर्नुपर्ने रोयल्टी लगाएत ४४ करोड रुपैँया  बढी राजस्व तिरेको भन्दै आफुहरुले युनिफाइईड लाईसेन्स पाउन सक्नेगरी सिजी टेलीकमलाई २००७ मै दुरसञ्चार प्राधिकरणले पत्र दिएको दाबी गरेका छन् ।