स्वास्थ्य

चिकित्सक संघमा डा. कार्कि सहित कांग्रेसको प्यानलै विजयी ! (नामावलीसहित)

काठमाडौं । नेपाल चिकित्सक संघको अध्यक्षमा कांग्रेस निकट लोकतान्त्रिक समुहका डा. लोचन कार्कि विजयी भएका छन् ।

लोकतान्त्रिक समुहबाट निर्वाचन लडेका उनि नेकपा निकट प्रगतिशिल समुहका पुष्पमणी खराललाई हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

आज (मंगलबार) बिहान सार्वजनिक मत परिणाम अनुसार उनले आफ्ना प्रतिद्वन्दी खराललाई २ हजार १ सय ३२ मतान्तरले पराजित गरेका छन् ।

कार्किले निर्वाचनमा ४ हजार १ सय ११ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी खरालले १ हजार ९ सय ६९ मत प्राप्त गरेका थिए ।

यस्तै निर्वाचनमा १३ सदस्यीय रहेको कार्यसमिति रहेको संघको वरिष्ठ उपाध्यक्षमा शिवप्रसाद श्रेष्ठ ३ हजार ५ सय ९७ मतका साथ र्निवाचीत भए । भने उनको निकटतम प्रतिद्वन्दी रक्षा श्रेष्ठ २ हजार २ सय ६२ मत ल्याई पराजित भईन् ।

वरिष्ट उपाध्यक्षमा भने अनिल विक्रम कार्कि ३ हजार ९ सय ४२ मतले विजयी हुँदा ञ्जिीतकरमार झा १ हजार ९ सय ५४ मतका साथ पराजित भएका छन् ।

यस्तै २ हजार ४ सय ३१ मतका साथ महासचीवमा बद्री रिजाल निर्वाचित भए भने मधुर बस्नेत १ हजार ३ सय ७८ मतका साथ पराजित भएका छन् । साथै कोषाध्यक्षमा प्रकाश वुढाथोकी निर्वाचित भएका छन् ।

उनले ३ हजार मत ल्याएका थिए भने उनका प्रतिद्वन्दी सञ्जीतकुमार साहले २ हजार ५ सय ७९ मत ल्याई पराजय ब्यहोरेका छन् । यो संगै एकजना सदस्य बाहेक सबै पदमा प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसको प्यानलै ले जित हात पारेको छ ।

 

यस्तो छ निर्वाचितहरुको नाम र मतपरिणाम  !

अध्यक्ष
१,डा लोचन कार्कि– ४१११
२, डा पुष्पमणि खराल–१९७९ ।

वष्ठि उपाध्यक्ष
डा रक्षा श्रेष्ठ–२२६२
डा शिवप्रसाद श्रेष्ठ– ३५९५

उपाध्यक्ष
डा अनिलविक्रम कार्कि ३९४५
डा रञ्जिीतकुरमार झा–१९५४

महासचिव
डा अजयकुमार मिश्र–८६९
डा बद्री रिजाल–२४३१
डा दिपेन्द्र पाण्डे–१३०१
डा मधुर बस्नेत– १३७८

कोषध्यक्ष,
डा प्रकाश बुढाथोकी– ३२७८
डा सञ्जीतकुमार साह–२५७९
सहसचिव
डा निरजकुरमार सिंह–३७९०
डा शैलेन्दै झा–१८९४

सहकोषाध्यक्ष
डा विश्वाराज दवाडी– ३९३५
डा उदयनारायण सिंह–१९४२

सदस्यहरु
१ डा अमित चतुर्वेदी – १५७४
२ डा विक्रान्त ढकाल– २५८६
३ डा विपेश आचार्य–२८८०
४ डा दीपकप्रसाद कोईराला– १८६८
५ डा जगदीशचन्द्र विष्ट–१२४९
६ डा लिजन महर्जन – २८७२
७ डा नन्दकुमारी गुरुङ– ३३१६
८ डा प्रमोद जोशी – २७९६
९ डा प्रवीणकुमार गिरी–७४७
१० डा राकेश कुमार साह–२३१३
११ डा रितेश थापा–३७१७
१२ डा सञ्जीव तिवारी– ३००४
१३ डा सुमन काफ्ले– २२२६
१४ डा त्रिभुवन चन्द्र झा–१८१३