मनोरञ्जन

राजु परियार र गरिमा बिरहीको स्वर रहेको खेतमा झुल्ने धानु सार्वजनिक !

काठमाडौं । मोडल तथा नायिका आशिष्मा नकर्मीको नयाँ गीत सार्वजनिक भएको छ । उनी खेतमा झुल्ने धान बोलको नयाँ लोक दोहोरी गीतको भिडियोमा देखिएकी छिन ।

राजु परियार र गरिमा बिरहीको स्वर रहेको उक्त गीतको भिडियोमा आशिष्मालाई अमेश भण्डारीले साथ दिएका छन् । त्यस्तै गीतमा कृष्ण केसीको शब्द र मौसमी हिमालीको निर्देशन रहेको छ ।

करण चाईसिरले छायांकन गरेको यस गीतमा कुमार रानाको मिक्सिङ ,मास्टरिङ रहेको छ । मारुनी डिजिटलमा रेर्कडिङ गरिएको गीतलाई बिहिबार आफ्नो मनको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

विवाहपछि कला क्षेत्रबाट पलायन जस्तै भएकी आशिष्माको विवाहपछिको यो पहिलो म्युजिक भिडियो हो ।

हेरौं भिडियोमा

 

https://youtu.be/C6t4u1gq4CA