समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय टर्मिनलभित्र रहेको एयरपोर्ट टी एन्ड कफी सपमा आगलागी भएको छ । विमानस्थल आगलागी भएपछि दोहा उड्नुपर्ने एयरवेजको जहाज उड्न सकेको छैन ।

उक्त आगलागीका कारण काठमाडौंमा अवतरण हुनुपर्ने विभिन्न चार जहाजहरु आकाशमा होल्डमा छन् ।