आर्थिक

एनआईसी बैंकले भ्यालेन्टाइनडेमा मोबाइल बैंकिङ्ग प्रयोगकर्तालाई सोल्टीमा निशुल्क डिनर अफर दिँदै

काठमाडौं । एनआईसी बैंकले भ्यालेन्टाइन डे लक्षित गरी बैंकको मोबाइल बैंकिङ्ग एप MoBank मार्फत कारोबार गर्ने ग्राहकहरुलाई पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा भ्यालेन्टाइन डे को दिन निःशुल्क डिनरको अफर ल्याएको छ । जसअन्तर्गत ११ फेब्रुअरी देखि १३ फेब्रुअरी अर्थात माघ २८, २९ र ३० गतेसम्म बैंकको मोबाईल बैंकिङ्ग एप “MoBank” कारोबार गर्ने २० भाग्यमानी ग्राहकहरुले आफ्नो प्रेमी–प्रेमीका तथा जीवन साथीसँगै सोल्टीमा विशेष डिनर गर्न पाउनेछ।

यस बैंकको मोबाईल बैंकिङ्ग एप MoBank मार्फत कुनै पनि भुक्तानी जस्तैQR payment, बिजुली बिल भुत्तानी, mobile top-up लगायतका सेवाहरुमा जतिसुकै रकमको कारोबार गर्ने २० जना भाग्यमानी ग्राहकलाई भ्यालेन्टाइन डे कै दिन डिनरको कुपन प्रदान गरिनेछ । तर यसमा इसेवा लोड, खल्ती लोड, क्रेडिट कार्ड पेमेन्ट र रकम ट्रान्सफरलाई भने बैंकले मान्यता दिने छैन । यसको नतिजा बैंकले आफ्नोे फेसबुक पेज तथा जित्नुहुने ग्राहक महानुभावहरुलाई फोनमार्फत जानकारी दिनेछ । डिनर जित्नुहुने ग्राहक महानुभावले आफ्नो कुपनसहित भ्यालेन्टाइन डे को दिन अर्थात फेब्रुअरी १४ मा सोल्टी क्राउन प्लाजा होटलमा भब्य डिनर गर्न पाउनु हुनेछ ।

बैंकले यो विशेष योजनाले नेपाल सरकारको ‘डिजिटल नेपाल’ को लक्ष्यलाई टेवा पु¥याउने विश्वास लिएको छ । यस्ता अफरहरुले आमजनमानसलाई डिजिटल बैंकिङ्ग प्रती लालायीत गर्ने र नगद भन्दा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने विश्वास बैंकको रहेको छ ।