बाग्मती

थाइल्याण्डका भिक्षुभिक्षुणीको धम्मयात्रा

भक्तपुर । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा थाइल्याण्डबाट आएका भिक्षु तथा भिक्षुणीले भक्तपुरमा धम्मयात्रा गरेका छन् । भक्तपुर नगरपालिका–७ इनाचोमा रहेको मुनि बिहारबाट बौद्धहरुको गुँला बाजासहित शुरु भएको सो यात्रा गोल्मढी, सुकुलढोका, क्वाछें, टौमढी, गःहिटी, नासमना, वंशगोपाल हुँदै दूधपाटीमा पुगेर सकिएको थियो ।

चारुमती बुद्धिष्ट मिसन नेपाल र थाइ इन्डो चाइना फ्रेन्डसिप एशोसिएशनको संयुक्त आयोजनामा भएको कार्यक्रममा भक्तपुरमा रहेका मुनि विहारको भ्रमण गरेको मुनि विहारका सुरेन्द्रराज शाक्यले बताए ।