समाचार

पदमबहादुरको निधनमा प्रधानमन्त्री ओलीले दिए श्रद्धाञ्जलि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य किशोरकुमार अधिकारीका पिता पदमबहादुरको निधनमा श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

नेकपाका अध्यक्ष ओलीले आज शोक विज्ञप्ति जारी अधिकारीको परिवार र आफन्तजनमा समवेदना व्यक्त गरेका छन् । पदमबहादुरको ९४ वर्षका उमेरमा यही माघ २४ गते ओखलढुङ्गा मानेभञ्जाङ गाउँपालिका ९ स्थित निवासमा निधन भएको थियो ।