प्रवास

स्व. सुशील कोइरालाले नै ५० लाख राजस्व छुट दिएको एनआरएनको दावी

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा खरिद गर्दा गैरआवासीय नेपाली संघलाई सरकारले ०७२ सालमा ५० लाखको राजस्व छुट दिएको दावी गरेको छ । 

स्व. सुशील कोइराला प्रधानमन्त्री हुँदाको समयमा उक्त राजस्व छुट पाएको संघका प्रवक्ता डीबी क्षेत्रीले जानकारी दिए । भूमिसुधार तथा व्यवस्था मन्त्री दलबहादुर रानाको प्रस्तावमा मन्त्रिपरिषद बैठकले संघलाई राजस्वमा छुट दिने निर्णय गरेको खुलेको छ । संघले १२ करोड ७२ लाख रुपैयाँमा ललिता निवासको तीन रोपनी जग्गा किनेको थियो ।

अख्तियारले १७५ विरुद्ध विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा गैरआवासी नेपाली संघलाई पनि प्रतिवादी बनाएपछि संघ भन्छ, “हामी पीडक होइन, पीडित हौं ।”