पु.समाचार

पुर्व सचिवकी श्रीमतीको हत्या कामदारले नै गरेको सिसिटिभि भिडीयोबाट पुष्टि

काठमाडौं । पुर्व सचिव अर्जुन कार्कीकी श्रीमतीको हत्या घरमा काम गर्न राखिएको कामदारले नै गरेको पुष्टि भएको छ ।

सानेपास्थित कार्की निवासमा भएको घटनामा सिसिटिभि भिडियोमा कामदार विजय चौधरीले श्रीमती मुना कार्की भान्सामा काम गरिरहेको अवस्थामा पछाडीबाट घाँटीमा डोरीले कसेर भुइमा लडाएको र कुसीले प्रहार गरी कपालमा तानेर बजारेको देखीएको प्रहरीले जनाएको छ । प्रहरीले गरेको अनुसन्धान अनुसार चौधरीले कार्कीमाथि सांगातिक हमला गरी आफुले आत्माहत्या गरेको हुनसक्ने जानकारी दिएका छन् ।

दाङ घर भएका चौधरीको शव माथि डोरी रहेको र उनको शरिरमा कुनैपनि प्रकारको चोट नभएको जनाइएको छ । पुर्व सचिव बिहान मन्दिर गएको र छोरालाई स्कुल पुर्याउन अर्को कामदार घर बाहिर गएको अवस्थामा सो घटना भएको थियो । मुना कार्की भान्सामा रगतमा लतपतिएको अचेत अवस्थामा भेएिको थियो भने कामदार चौधरी पनि घरमै मृत अवस्थामा भेटिएको थियो । कामदार चौधरीले किन र के कारण कार्कीको हत्या गरेको भन्ने खुल्न सकेको छैन् ।