सामाजिक सञ्जाल

चीनमा कोरोना भाईरसका नेपालीलाई तत्काल फिर्ता नबोलाएको भन्दै ओली बिरुद्ध डा कोईराला आक्रोशित

काठमाडौं । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले कोरोना भाइरसबाट जोगिन संघर्षरत उनीहरुले घर फर्कन सरकार गुहारेको समाचार आइरहेका र उनीहरुको उद्दारका लागि नेपाल सरकारले युद्धस्तरबाट चासो नदेखाएको बताएका छन् ।

डा कोइरालाले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई राजयको अनुभूति दिलाउँन आग्रह गर्दै निसासिन बाध्य भएका चीनको हुपै प्रान्तमा रहेका १८१ नेपाली फर्काउने वातावरण बनाउन आग्रह गरेका छन् । उनले सरकारलाई प्रश्न गर्दै किन सरकार संवेदनशिल नभएको ? मानवता खोई ? आक्रोश पोखेका छन् ।

डा कोईराला भन्छन्ः चीनको हुपै प्रान्तमा रहेका १८१ नेपाली संक्रमणको त्रासले हप्तौंदेखि कोठाभित्र निसासिन बाध्य छन्। कोरोना भाइरसबाट जोगिन संघर्षरत उनीहरुले घर फर्कन सरकार गुहारेको समाचार आइरहेका छन्। परिवारको ब्याकुलता उस्तै छ। किन सरकार संवेदनशिल नभएको ? मानवता खोई ? फर्काउन ढिलाई नगरौं। राज्यको अनुभुति गराऔं।