समाचार

पुर्व सचिव अर्जुन कार्कीकी श्रीमतीको रहस्यमय हत्या, कामदारले कुर्सीले हानेर हत्या गरेको प्रहरीको आशंका

काठमाडौं । पुर्व सचिव अर्जुन कार्कीकी श्रीमती सानेपा स्थित आफनै घरमा रगतले लतपतिएको अचेत अवस्थामा फेला परेकी थिइन् । कार्कीकी श्रीमती मुना कार्की घरको भान्साकोठामा रगतमा लतपतिएको अवस्थामा भेटिएकी हुन् ।

करिब ११बजेतिर भएको सो घटनामा बारेमा छिमेकीले प्रहरीलाई जानकारी गराएपछि प्रहरी तत्काल घटनास्थल पुग्दा उनको शरीर तातो नै रहेकाले उनलाई स्टार अस्पताल लगिएको थियो । स्टार अस्पताले उनलाई मृत घोषणा गरिसकेको छ । प्रहरीको प्ररम्भिक अनुसन्धा अनुसार घटना १० देखी ११ बनेको बिचमा भएको अनुमान रहेको छ । उनको टाउकोमा कुर्सीले प्रहार गरेको र घाँटीमा चोट लागेको देखिएको प्रहरीले जनाएको छ ।

मुनाको हत्यामा सम्लग्न भनिएका कामदार विषेश चौधरी पनि मृत अवस्थामा भेटिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार अनले पुर्वसचिवको श्रीमतीलाई कुर्सीले हानेर आफु हुन्डिएर आत्माहत्या गरेको आसंका गरिएको छ । पुर्वसचिब काकी आज विहानै मन्दिर गएको र अर्का कामदार छारीे स्कुल पुर्याउन गएको घरमा मुना काकी र चौधरी मात्र रहेकाले कामदारले नै पुर्व सचिवकी पत्निको हत्या गरी आफुले पनि आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएका छन् ।