राजनीति

काङ्ग्रेस आन्दोलन गच्छदार बचाउन हैन, भ्रस्टाचारी बचाउने अख्तियर विरुद्ध हो: नेता गुरुङ

काठमाडौ । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एबम युवा नेता धनराज गुरुङले काङ्ग्रेसको आन्दोलन गच्छदार जोगाउन नभई भ्रष्टाचारी जोगाउने अख्तियार दुरुपयोग अनुसंधान आयोग विरुद्ध भएको बताएका छन् ।

उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै काङ्ग्रेस उपसभापति बिजय कुमार गच्छदार भ्रष्टाचार अभियोग मुक्त हुन कानुनी लडाइँ लड्ने जिकिर गर्दै ललिता निवासको जग्गा भ्रष्टाचारमा परेका नेकपाका उच्च नेतृत्वको प्रमाण नै नस्ट गर्ने गलत निर्णय विरुद्ध भएको दाबी गरेका छन् ।

उनको स्टाटस:  ललिता निवास काण्ड र कांग्रेसको आन्दोलन: भ्रष्टाचारको अभियोग लागेका कांग्रेस नेता गच्छेदारले न्यायका लागि न्यायिक प्रकृयाबाटै अघि बढ्नु हुनेछ। कांग्रेसको आन्दोलन उहाँलाई जोगाउन नभै प्रमाणहरुले नै भ्रष्टाचारी पुष्टी गर्ने ठुला भ्रष्टहरुलाई चोख्याउने अदुअअाको निर्णयको बिरुद्वमा हो।