सामाजिक सञ्जाल

१८० जना नेपालीलाई चीनबाट उद्दार गर्न नसक्ने सरकारले रेल ल्याउछ भन्नु हास्यास्पदः डा भट्टराई

काठमाडौं । संघीय समाजबादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले चीनमा लागेको कोरोना भाईरसबाट मुक्ती पाउन नेपालीले सरकारसँग अनुनय बिनय गर्दा पनि नेपाल सरकारले नेपाल फर्काउन नसक्नु लज्जास्पद भएको बताएका छन् ।

उनले तत्काल १८० जना नेपालीलाई नेपाल फर्काउनुपर्ने संकेत गर्दै वुहानबाट जम्मा १८०नागरिकको उद्धार गर्व नसक्ने सरकारले तिब्बतको बाटो रेल ल्याउँछ भनेर नागरिकले पत्याइदिनुपर्नेरुअनि यसरी नै समाजवादमा पुगिन्छ भनेर जनताले विश्वास गरिदिनुपर्ने ? भन्ने प्रश्न नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई गरेका छन् ।

नेपालीहरुले नेपाल आउन ईच्छा गरेर सरकारलाई आग्रह गरेपनि ओली सरकारले निर्णयमुखी काम गर्न नसकेपछि सरकारको सर्बत्र आलोचना हुन थालेको छ ।

उनको स्टाटस्ः “वुहानबाट जम्मा १८०नागरिकको उद्धार गर्व नसक्ने सरकारले तिब्बतको बाटो रेल ल्याउँछ भनेर नागरिकले पत्याइदिनुपर्नेरुअनि यसरी नै समाजवादमा पुगिन्छ भनेर जनताले विश्वास गरिदिनुपर्ने ?