समाचार

तरुण र नेविसंघपछि भ्रष्टाचार काण्डमा अख्तियारको राजनीति बिरुद्ध आज महिला संघको प्रदर्शन

काठमाडौं । नेपाली काँग्रेसको भातृसंस्था नेपाल महिला संघले बालुवाटारको ललिता निवासको जग्गा घोटालामा कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसंधान आयोगले उपसभापति विजय गच्छदारलाई फसाएको भन्दै आज माईतीघरमा विरोध प्रदर्शन हुने सभापति उमा रेग्मीले बताएकी छन् ।

नेपाली काँग्रेसका भातृसंस्था नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलको संयोजनमा शुक्रबार र आईतबार माईतीघरमा शसक्त बिरोध प्रदर्शन भईसकेका छन् । काँग्रेसको निर्देशनअनुसार आज १ बजे दिउँसो हुने विरोध प्रदर्शनमा गच्छदारलाई फसाउने तर निर्णय सदर गर्ने नेकपा बरिष्ठ नेता माधव कुमार नेपाल, पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, नेकपा महासचिव विणु पौडेल, सर्बोच्चका न्यायधीश रेग्मी, पुर्ब मुख्यसचिव लिलामणि पौडेल लगायतलाई प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा बचाएको आरोपमा बिरोध प्रदर्शन गर्न लागेको हो ।

केहीदिन अगाडीमात्र अख्तियार दुरुपयोग अनुसंधान आयोगले नेपाली काँग्रेसका उपसभापति बिजय कुमार गच्छदार, अख्तियारका पुर्व प्रमुख आयुक्त दीप बस्नेत लगायत १७५ जनालाई उक्त बालुवाटार जग्गा भ्रष्टाचारमा कारबाहीका लागि मुद्धा दारय गरेपछि राजनीतिक माहौल तातिएको छ । जग्गा खरिद गर्ने बिष्णु पौडेल र न्यायधीश रेग्मीलाई जग्गा फिर्ता गर्ने शर्तमा मुद्धा दायर नगरेपछि अख्तियार राजनीतिक बृतमामात्र नभएर स्वतन्त्र बुजीजीवीबीचमा पनि आलोचित हुन पुगेको छ ।