आर्थिक

लहानमा नेपाल बैंकको काउन्टर

काठमाडौं । नेपाल बैंक लिमिटेडले मालपोत कार्यालय लहानमा आफ्नो एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । बैंकका कामु सहायक प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्का र मालपोत कार्यालय लहानका प्रमुख हरिनारायण चौधरीले शुक्रबार संयुक्त रुपमा सेवाको औपचारिक शुभारम्भ गर्नुभएको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।

कामु सहायक प्रमुख कार्यकारी अधिृकत खड्काले ग्राहकहरूको सुविधाका लागि नेपाल बैंकले काम गरिरहेको र मालपोत कार्यालयको एक्सटेन्स त्यस्तै एउटा उदाहरण भएको बताए । मालपोत प्रमुख चौधरीले सेवाग्राहीको हित हुनेगरी काउन्टर खोलिदिएको भन्दै बैंकको व्यवस्थापनलाई धन्यवाद दिए ।

बैंकका प्रदेश नं– २ का प्रमुख प्रतिभा डङ्गोलले बैंकले अघि बढाएका विभिन्न योजनाका बारेमा जानकारी गराएका थिए । प्रवक्ता अधिकारीकाअनुसार हाल नेपाल बैंकले १७६ शाखा, २५ वटा एक्सटेन्सन काउन्टर र ११६ एटिएम मेसिनबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । बैंकले चाँडै नै एटिएमको सङ्ख्या १४९ पु¥याउन लागेको र २०७७ सालको असार मसान्तसम्ममा २०० शाखाबाट सेवा प्रदान गर्ने बताइएको छ ।