समाचार

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र मित्रराष्ट्र बंगलादेशका सेना प्रमुखबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र बंगलादेशका सेना प्रमुख General Aziz Ahmed, BSP, BGBM, PBGM, BGBMS, psc र प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाबीच आज जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्ताको क्रममा उनीहरु बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्ध अझ सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।