मनोरञ्जन

गायिका रेखा गुरुङको आवाजमा ‘घर विगारा’ भिडियो सहित

काठमाडौं । नेपाली समाजको मौलिक लोक भाकामा आधारित गीत संगीतहरु संगीतिक बजारमा कम मात्रामा आइरहेको अवस्थामा मौलिक गीत जर्गेना गदैँ गायक सञ्जय श्रीपाल, रेसम सापकोटा, प्रेम दिप रामजाली र गायिका रेखा गुरुङको आवाजमा ‘घर विगारा ’गीतको भिडियो सार्वजनिक भएको छ ।

समाजमा ब्याप्त विकृति र विसंगतिलाई प्रहार गदैँ समाजको बास्तविक भोगाईलाई गीतमा समेटिएको छ । सञ्जय श्रीपालको शब्द तथा लय सिर्जना गीतमा रहेको छ ।दिनेश खनालको छायाँकन, निराजन केसीको सम्पादन तथा सरोज शाहीको निर्देशन भिडियोमा रहेको छ । “घर विगारा” गीतको भिडियोमा सञ्जय, सेरु र रेखाको अभिनय देख्न सकिन्छ ।
गीतको पुरा भिडियो