आर्थिक

बैंक अफ काठमाण्डू र नेपाल क्लियरिङ्ग हाउसवीच सम्झौंता

काठमाडौ । बैंक अफ काठमाण्डू र नेपाल क्लियरिङ्ग हाउसवीच बैंक अफ काठमाण्डूका ग्राहकले आफ्नो खातालाई ConnectIPS मा पहिलो पटक रजिष्ट्रेशन गर्दा १०० मा ग्राहकको खातामा उपलब्ध गराउने सहमती भएको छ ।

बैंकका ग्राहकले ConnectIPS मा आफ्ना खातालाई पहिलो पटक Link गरी बैंकबाट Verify पश्चात् ग्राहकको आफ्नै खातामा १०० जम्मा हुनेछ । ग्राहकले ConnectIPS मा रजिस्ट्रेशन पश्चात् घरमा बसी बसी आफ्नो आवश्यकता बमोजिमको रकमान्तर तथा अन्य सुबिधाहरुको सजिलै उपयोग गर्न सक्नुहुने जानकारी बैंकले गराएको छ ।

हालसम्म बैंकले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।