प्रवास

अविरल वर्षाका कारण अष्ट्रेलियाका वासिन्दाहरु समस्यामा, ५ हजार हेक्टर वन क्षेत्र सखाप

प्रवास । न्यु साउथवेल्स राज्यमा दुई दशक एताकै ठुलो वर्षा भएको छ । उक्त वर्षका कारण राजधानीसहितका अधिकांश क्षेत्र जलमग्न भएको अधिकारीहरु बताउँछन् । उक्त वर्षाकै कारण सडकहरु जलमग्न भएपछि यातायात सेवा प्रभावित भएको छ । कतिपय क्षेत्रका बासिन्दा विद्युत सेवाबाट पनि बञ्चित भएका छन् ।

त्यतिमात्र नभई वर्षाका कारण ५ हजार हेक्टर जंगल पनि सखाप भएको छ । दुई दशक एताकै ठुलो वर्षाका कारणले पनि यस्ता विनाशहरु भएको अधिकारीहरु बताउँछन् । ठुलो वर्षाले गर्दा डुवानमा परि एक व्यक्ति पौडीदै एक रेस्टुरेन्टमा पुगेको एक भिडियोमा देख्न सकिन्छ ।