खेलकुद

आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपाल ओमानसँग ८ विकेटले पराजित

२६ माघ, काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ मा ओमानले नेपाललाई ८ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गरेर २४९ रन बनाए पनि राम्रो बलिङ गर्न नसक्दा नेपाल पराजित भएको हो ।

अकिब इल्यासले अविजित १०९ रन बनाए । उनलाई २५ औं ओभरको पाँचौ बलमा आरिफ शेख र ३३ औं ओभरको तेस्रो बलमा दीपेन्द्र सिंह ऐरीले क्याच छाडेका थिए । उपकप्तान ज्ञानेन्द्र मल्लको अर्धशतक प्रेरित नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनाएको थियो ।