समाचार

चीनमा रहेको आफन्त नेपाल फर्काउन गुहार माग्दै मानवअधिकार आयोग पुगे अभिभावक

काठमाडौं । चीनको वुहानमा रहेका नेपालीलका परिवारले आफन्त नेपाल फर्कादिन मानवअधिकार आयोग सँग आग्रह गरेका छन् । चीनमा रहेका नेपालिका अभिभावकले आइतवार आयोगका अध्यक्ष अनुपरनज शर्मालाई भेटेर ज्ञापनपत्र बुझाएका छन् ।

चीनको बुहान शहरमा कोरोनाको भाइरसका कारण अकालमा धेरैले ज्यान गुमाइसकेको र भाइरस फैलिने क्रम तिब्र रहेकाले वुहानमा रहेका नेपालीका पविारलले आफनो आफन्त नेपाल फर्काउन माग गर्दै विहिबार स्वास्थ्य मन्त्रालय र शुक्रबार परराष्ट मन्त्रालय पुगेका थिए ।

आफ्नो आफन्तको कहिले सम्म उद्धार हुन्छ भन्दै आज मानवअधिकार आयोगको कायालयमा गुहार माग्न पुगेका थिए । वुहानमा रहेका अन्य मुलुकका नागरीकको उद्धार भइसकेको र अहिले वुहान सहरमा आवत जावत निषेध गरिएकाले यहाँ रहेका १५० जना नेपालीलाई नेपाल फर्काउन समस्या भएको हो ।