राजनीति

अख्तियारमा अस्वभाविक राजनीतिक गन्ध आईरहे वालुवाटार सार्न अध्यक्ष बस्नेतको चुनौती

काठमाडौं । नेपाल तरुण दलको संयोजनमा आज माईतीघरमा अख्तियार दुरुपयोग अनुसंधान आयोगमा राजनीतिकरण गर्दै नेकपा नेतृत्वको केपी ओली सरकारको दबाबमा कार्य गरेको भन्दै बिरोध प्रदर्शन भएको छ । तरुण दलका केन्द्रीय अधयक्ष जीगजंग बस्नेत, नेविसंघका केन्द्य्रीय अध्यक्ष राजीव ढुंगाना, तरुण दल पुर्व अध्यक्ष उदय शम्सेर राणाले हजारौं काँग्रेस कार्यकर्ता तथा शुभचिन्तकको माझ काँग्रेस उपसभापति तथा संसदीय दलका उपनेता विजय कुमार गच्छदारलाई पसाउन नेकपा ओली सरकारले अख्तियार दुरुपयोग अनुसंधान आयोगलाई प्रभावका पारेको बताएका छन् ।

देशभर प्रदर्शन भईरहेका बेला काँग्रेसले संसद समेत अबरुद्ध गरेको छ । शुक्रबार नेपाल विद्यार्थी संघको नेतृत्वमा भएको प्रदर्शन र आज तरुण दलको नेतृत्वमा भएको प्रदर्शनलाई हेर्दा काँग्रेसले विजय गच्छदार मुद्धा त्यति सजिलै छाड्ने संकेत दिएको छैन । आजको आन्दोलनमा विजय गच्छदारलाई अनुसंधान गरेकोमा आपत्ती नभएपनि अन्य आरोपी डा बाबुराम भट्टराई, माधव नेपाल, लिलामणी पौडेल, विष्णु पौडेल, कुमार रेग्मीलाई पनि अनुसंधान गनुपर्ने माग गरेका थिए ।

आफ्ना पार्टी र निकटका लाई फसाउने तर काँग्रेसलाई फसाउने भन्दै तरुण दलका अधयक्ष बस्नेतले अख्तियारलाई बालुवाटारमा सारेर त्यहीबाट काम गर्न प्रधानमनत्ती केपी शर्मा ओलीलाई चुनौती दिएका थिए । छानविन गर्दा अख्तियारमा राजनीति हुन नहुने भन्दै अनिष्ट हुनसक्ने चेतानी अधयक्ष बस्नेतले दिएका छन् ।