पर्यटन/संस्कृति

श्री स्वस्थानिको एक महिना लामो ब्रत आज समापन गरिदै

काठमाडौं । पौष शुक्ल पुर्णिमा देखि मांघ शुक्ल पुर्णिमा सम्म विशेष आस्थाका साथ वाचन तथा श्रवण गर्ने श्री स्वस्थानि ब्रतको आज समापन गरिदैछ ।

सत्ययुगमा हिमालयपर्वत कि पुत्री पार्वतीले बिष्णु भगवानको सल्लाह अनुसार स्वस्थानिको ब्रत बसेको र श्री महादेव पतिको रुपमा प्राप्त गरेको भन्ने आस्था र बिस्वास रहेको छ । दिनभर शुद्ध बसी एक छाक खाएर रातमा स्वस्थानिको पुजा आरधाना गरे मनोकांक्षा पुर्ण हुने विश्वास रहेको छ ।

परम्परादेखी नै स्वस्थानिको ब्रत बस्ने गरेको सालिनदिमा विभिन्न जिल्लाबाट भक्तजनहरु नदिको जल र प्रसाद ग्रहन गरी ब्रत बस्ने गरेका छन् । सालिनदिमा रहेका ब्रतालु र बाहिर बाट आएका ब्रतालुले आज सालि नदि किनारमा गई स्वस्थानि ब्रतको समापन गरेका छन् । स्वस्थानिको कथामा भनिए अनुसार चढाइएका एक सय आठ रोटी, पान, कुड्का सुपारी ब्रतको अन्तिम दिन आठ रोटी, पान कुड्का सुपारी आफ्नो श्रीमानलाई दिने, श्रीमान नभए छोरालाई, छोरा नभए मित छोरालाई र मित पनी नभए आफनो मनोकांष पुर्ण होस भनि नदिमा बगाउने र बाँकि सय रोटी,कुड्का सुपारी,पान ब्रतालु स्वयमले खाने प्रचलन रहेको छ ।

स्वस्थानि ब्रतको अन्तिम दिन आज सदा जस्तै सालिनदि, पशुपति गौरीघाट लगायत स्थानमा बिहानदेखी भक्तजनको घुइचो लागेको छ ।