समाचार

नेता केसीको आक्रोस्ः चीनबाट नेपाली फर्काउन नसक्नु सरकारका लागि लज्जास्पद !

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री अर्जुननरसिंह केसिले चीनमा रहेका नेपाली नागरिक लाई स्वदेश र्फकाउन नसक्नु सरकारको लागि लाजमर्दाे विषय भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत नेता केसिले चीनमा रहेका नेपाली विद्यार्थि र नागकिहरुले स्वदेश फर्कन सरकार संग पटक– पटक आग्रह गरेको बताएका छन् ।

कोरोना भाईरसका कारण चीनमा ७ सय २२ जनाको ज्यान गईसके पनि सरकारका लागि यो विषय दुःखको कुरा मात्रै भएको भन्दै सरकार यस्मा गम्भिर नभएको जिकिर गरेका छन् ।

चीनमा रहेका नेपालीलाई स्वदेश र्फकने व्यवस्था तत्काल मिलाउन पनि नेता केसिले सरकारको गम्भिर ध्यानाकर्षण गरेका छन् ।

 

उनको ट्वीटः चीन मा रहेका नेपाली विद्यार्थी र नागरिकहरू स्वदेश फर्कन सरकारसंग आर्तनाद गरिरहेका छन् । कोरोना भाइरस बाट चीनमा ७२२को मृत्यु भैसकेकोछ तर नेपाली को यो पुकार केवल अरण्य रोदन मात्र भएकोछ । राज्य को यो भन्दा लज्जास्पद ,लाचारी र गैह्र जिममेवारी के हुनसक्छ रु तत्काल स्वदेश फर्काउने व्यबस्था गर ।