लुम्बिनी

कोहलपुरमा सम्मानित भए आदर्श सासु–बुहारी

कोहलपुर । सम्मान गर्ने र लिने आ आफै तरिका हुन्छन् । कोहलपुर–११ बसपार्क रोडमा अवस्थित वनवाटिका टोल सुधार समितिले कोहलपुर नगर क्षेत्रभित्र रहेका आदर्श सासु तथा बुहारीलाई सम्मान गरी नयाँ कार्यको शुरुआत गरेको छ ।

समितिद्वारा शनिबार यहाँ आयोजित कार्यक्रममा आदर्श सासुमा कोहलपुर नगरपालिका–२ निवासी लक्ष्मी भुसाल र बुहारीमा वडा नं ११ की शीखा गौतम श्रेष्ठ सम्मानित भयो ।

कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले उनिहरुलाई सम्मान गर्दै नगरभित्रका सबै सासु–बुहारी आदर्श बन्न सक्नुपर्ने बताएका छन् ।

सासुले बुहारीलाई छोरीकै रूपमा हेर्नुपर्ने र बुहारीले सासुलाई आमाको रूपमा स्वीकार्न गरेमा आदर्श परिवार निर्माण समस्या नहुने उनले चर्चा गरेका छन् ।

नगरपालिकाले हरेक वर्ष नगरपिता र नगरमाताका रूपमा दुई वृद्धवृद्धालाई सम्मान गर्दै आएको छ ।

जिल्लामै पहिलोपटक आदर्श सासु–बुहारी सम्मान गर्ने योजना अघि सारिएको टोल सुधार समितिका अध्यक्ष हरिप्रसाद पौडेलले जानकरी दिएका छन् ।