मनोरञ्जन

प्रेमीका सहित भिडियोमा देखा परे चर्चित गायक सुनिल गिरी, देखाइयो यस्तो प्रेम वियोग

काठमाडौँ । गायक सुनिल गिरीको नयाँ गीत रोगै पिरतीको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

लाम क्यारे माया बोलको गीतले चर्चा बटुलीरहेकै बेला गायक गिरीले शनिबार आफ्नै च्यानलबाट रोगै पिरती बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

गाउँले परिवेशमा तयार पारिएको भिडियो हेर्दा हरेक प्रेमील जोडीले आफ्नो वैशाँलु उमेरमा बिताएको प्रेम र विछोडका विभिन्न चरणहरुलाई महशुस गर्न सक्छन् ।

गायक स्वयमको अभिनय रहेको गीतको भिडियोमा समिक्षा क्षेत्रीको अभिनय देख्न सकिन्छ ।

मनोज कार्कीको सम्पादन तथा मोसन ग्राफिक रहेको भिडियोको निर्देशन अनिलकृष्ण मानन्धरले गरेका हुन् ।

निर्देशक मानन्धरकै छायांकन रहेको गीतको एजेन्ज, कम्पोज पनि गायक गिरीकै हो ।

गितको भिडियोः

https://youtu.be/OgVoX1pYZlE