राजनीति

माधव/विष्णु/बाबुराम/लिलामणीलाई अनुसंधानका लागि अख्तियारलाई दबाब दिन आज तरुण दलको आन्दोलन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले आज काठमाडौंको माईतिघरमा बिरोधको कार्यक्रम आयोजना गरेको छ ।

संगठनले बालुवाटार जग्गा प्रकरणमा राजनैतीक, वदनियत तथा प्रतिसोध पुर्ण आफ्ना पार्टीका उपसभापती बिजयकुमार गच्छदारमाथि मुद्धा लगाएको भन्दै उक्त संगठनले आज बिरोधको आयोजना गरेको हो ।

नेकपाका नेता माधव कुमार नेपाल, बिष्णु पौडेललाई उन्मुक्ति दिएर सरकारले कांग्रेसमाथि प्रतिसोध साँध्न आफ्ना पार्टीका नेता गच्छदारमाथि मुद्धा लगाएको भन्दै भातृसंगठन तथा सुभेच्छुकको सहभागीतामा आज बिहान ११ बजे काठमाडौंको माईतिघर मण्डलामा बिरोध सभाको आयोजना गरेको हो ।

उक्त बिरोध कार्यक्रममा उपस्थितका लागि तरुणदलले सबैलाई आग्रह गरेको छ । शुक्रबार मात्रै कांग्रेस भातृसंगठन नेपाल विद्यार्थि संघ वेविसंघले पनि बिरोध जनाएको थियो ।

राजनैतीक पुवाग्रह राखि आफना नेता गच्चदार बिरुद्ध मुद्धा लगाएको भन्दै कांग्रेसले संसदमा पनि बिरोध जनाईरहेको छ ।

गत बुधाबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा कांग्रेस उपसभापति गच्छदार सहित १ सय ७५ जना बिरुद्ध विषेश अदालतमा मुद्धा दाएर गरेको थियो ।