राजनीति

काँग्रेसले कहिल्यै भ्रष्टाचारको समर्थन गर्दैन तर वालुवाटारमा गच्छदारलाई फसाएकै होः सभापति देउवा

रामेछाप । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस उपसभापति बिजय कुमार गच्छदारलाई नेकपा सरकारको निर्देशनमा अख्तियार दुरुपयोग अनुसंधान आयोगले फसाएको र उक्त मुद्धा फिर्ता लिनुपर्ने विचार ब्यक्त गरेका छन् । एम्बुलन्स उद्घाटन गर्न रामेछाप पुगेका पुर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले कम्युनिष्ट सरकारले आफ्ना तथा शुभचिनतकलाई बचाउनु र अरुलाई फसाउन षढ्यन्त्र नर्गु राजनीतिक चरित्र नभएको दाबी गरेका छन् ।

सभापति देउवाले अख्तियारले सरकारका मन्छेहरुलाई चाकरी नगरी स्वतन्त्र भएर काम गर्नुपर्ने बताउँदै काँग्रेस भ्रष्टाचारको सधैं बिरोधी पार्टी भएको जिकिर गरे । सभापति देउवाले काँग्रेसलाई सिध्याउन खोज्ने नेकपाको रणनीति सफल हुन नसक्ने ठोकवा गर्दै राजनीतिक चरित्रमा काम गर्न सरकारलाई आग्रह समेत गरे ।

कार्यक्रममा प्रवक्ता बिश्वप्रकाश शर्माले निर्बाचन कहिले कुन पार्टीले जित्छ, कहिले कुन पार्टीले त्यो फरक कुरा भएको बताउँदै केपी ओल्ी नेतृत्वको कम्युनिष्ट सरकार पनि सधैंका लागि नभएको प्रकाश पारेका थिए । काँग्रेसको निर्देशनमा देशभरनेविसंघ, तरुण दल लगायतका भातृसंस्थाहरुले आन्दोलन गरिरहेका बेला सभापति देउवाले रामेछाप पुगेर बोल्नु राजनीतिक रुपमा अर्थपूर्ण देखिएको छ ।