सामाजिक सञ्जाल

प्रवक्ता शर्माले विष्णु पौडेललाई व्यंग्य गर्दै भने, “अपहरणकारीलाई १० बर्षपछि माला कि मुद्दा ?”

bishwo-parkash-sharma-congress

काठमाडौ ।  बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र नेकपाला महासचिव विष्णु पौडेल निर्दोष भन्दै उन्मुक्ति दिएपछि चौतर्फी आलोचना भइरहेको छ । प्रमुख प्रतिपक्ष दल कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनामाथि अख्तियारले मुद्धा दायर गरेपछि कांग्रेसका नेता तथा कार्यकर्ता आन्दोलनमा उत्रिएका छन् । यतिमात्र नभई कांग्रेसले प्रतिनिधिसभा बैठकसमेत अवरुद्ध गरेका छन् ।

यसैक्रममा यहि विषयलाई लिएर कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसलाई मुद्दा चलाउनै हुन्न भन्ने हाम्रो अभिप्राय नभएको बताएका छन् l

प्रवक्ता शर्माले तत्कालिन प्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्धा नलाग्ने र त्यहि क्याबिनेटका मन्त्री गच्छदारलाई मुद्धा किन लगाउने भन्दै सामाजिक संजाल ट्वीटरमा एक स्टाटस लेख्दै प्रश्न गरेका छन्, “`नितिगत निर्णय´ हो,अत प्रमलाई गांस्न मिल्दैन भने मन्त्रीलाई मिल्छ कसरी ? नितिगत होइन भने प्रमलाई उन्मुक्ति किन ? अपहरणकारीले दस बर्षपछि बच्चा फिर्ता गरे माला कि मुद्दा ? गम्भीर प्रश्नप्रति गम्भीर प्रतिक्रिया हुन्छ नै !”