खेलकुद

गिरिजाप्रसाद कोइराला फुटबलको उपाधि सप्तरी फुटबल संघलाई

वीरगञ्ज । वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनलमा बिजय भएको छ । गिरिजाप्रसाद कोइराला फाउन्डेसन पर्सा दुारा जारी जिपी कोइराला प्रदेश स्तरीय प्रथम नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल सप्तरीले जित हासिल गरेको छ । बीरगञ्जको आदर्शनगरस्थित रङगशालामा बारा र सप्तरी बिच भएको खेलमा २ गोलले सप्तरी विजयी भएको थियो ।

सप्तरीका जर्सी नम्बर १४ का उज्ज्वल सिह सेवाले दोश्रो आफमा १९ औं मिनेटमा गरेका थिए भने दाश्रो गोल जर्सी १६ नम्बरका देवस श्रेष्ठले गोल गरेको थियो । बाराले गोल गर्न धेरै प्रयास गरेपनि कुनै गोल गर्न सकेन र जित सप्तरीको हातमा गएको छ । पहिलो हाफसम्म नभएको खेलमा दोस्रो हाफमा सप्तरीले २ गोल थप्दै फाइनल जितेको छ ।

खेलमा म्यान अफ दी म्याच सप्तरीका दिव सेष्ट भएका छन् भने वेस्ट गोलकिपर रामरुप चौधरी भएको थियो । माघ १८ गते देखि भईरहेकोे प्रतियोगितामा प्रदेश २ का आठ वटै जिल्लाका जिल्ला फुटबल संघका टिमले भाग लिएका थिए ।

प्रतियोगिताको सप्तरी विजेता टिमले एक लाख ५१ हजार नगद र उपविजेता बारा टिमले ७५ हजार रुपैयाँ नगद सहितकप र मेडल प्रपत गरेको छन । जिपी कोइराला फाउण्डेशनले आयोजनामा भइरहेको प्रतियोगताको फाइनलमा सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ । बिजेता टिमलाई शिल्ड र प्रमाणपत्र प्रदान मुख्य मन्त्री लालबाबु राउत गर्दीले गरे ।