समाचार

राजतन्त्रपथमा हिँडेका केपी ओलीलाई काँग्रेसले ठीक लगाएरै छाड्छः नेता खाँण

भैरहवा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता बालकृष्ण खाणले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाही कदमका बिरुद्ध काँग्रेसले आवश्यक परे देशब्यापी आन्दोलन गर्ने बताएका छन् । काँग्रेसले जनविरोधी पथमा हिँडेका केपी शर्मा ओलीलाई ठीक लगाएरै छाड्ने दाबी गरेका छन् ।

नेपाल रेडक्रस सोसाईटी भैरहवाको कार्यक्रममा बोल्दै पुर्व रक्षामन्त्री समेत रहेका नेता खाणले प्रधानमन्त्री केपीले राजाहरु देशमा कहिल्यै संबिधान मान्ने व्यवहारमा नरहेको इतिहाश ताजै भएको स्मरण गराउँदै जनताले जसरी राणा र पञ्चायत हटाउन आन्दोलन गरेका थिए त्यसैगरी ज्ञानेन्द्रपथमा लागेका केपी ओलीलाई हटाउन सडक संघर्ष गर्नेछन् र त्यसको नेतृत्व काँग्रेसले गर्नेछ भने ।

बुधबारमात्र नेपाली काँग्रेसका उपसभापति विजय कुमार गच्छदारलाई अख्तियार दुरुपयोग अनुसंधान आयोगले ललिता निवास वालुवाटारको जग्गा अनियमीतता मुद्धा बिशेष अदालतमा दर्ता गरेपछि काँग्रेसले आफ्ना भातृसंस्थाहरुलाई अख्तियारको कदम बिरुद्ध सडकमा उतारेको छ भने सडकबाट काँग्रेसले आफ्ना नेताको बचाउको बिरोध गरेपनि स्वतन्त्र बुद्धीजीवीहरुले नेकपाले पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल, डा बाबुराम भट्टाई नेकपा महासचिव बिष्णु पौडेल, पुर्व मुख्यसचिव लिलामणि पौडेल लगायतका आफ्ना निकटकालाई बचाएकोमा सरकारको तीब्र बिरोध गरिरहेका छन् ।