प्रदेश 2

अन्तर्राष्ट्रिय संस्थाले प्रदेश सरकारसँग समन्वय विना काम गरेको मुख्मन्त्रीको आरोप

वीरगन्ज । मुख्यमन्त्री महमद लालबाबु राउत गदीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुले पदेश सरकारको समन्वय र सहकार्य विना काम गरेकोल आरोप  लगाएका छन् । शनिबार वीरगन्जमा आयोजित बृति परामर्श तथा रोजगार मेलाको उदघाटन कार्यक्रममा बोल्दै यस्तो आरोप लगाएका हुन् ।

उनले प्रदेश सरकारको सहकार्य र समन्वय बिनानै सबै संस्थाहरुले कार्यक्रम चलाएको कारण अपेक्षकृत परिणाम आउनु नसकेको बताए । मुख्यमन्त्री राउतले प्रदेश सरकारले एकद्धार प्रणालीबाट संमाजिक संस्थाहरुलाई काम गर्न गराउनु कानुन ल्याइने बताए । उनले वीरगन्ज महानगरपालिकाले प्रदेश नम्बर २ मा पहिलो पटक रोजगार मेलाको आयोजना गरेकोमा धन्यवाद समेत व्यक्त गरे ।

कार्यक्रममा बोल्दै संघीय सांसद प्रदिप यादवले शिपविना युवाहरु विदेशिएको कारण विदेशमा युवाहरुलाई ज्यान गुमाउनु परेको बताउदै युवाहरुलाई आधाभुत तालिमको आवश्यकता रहेको बताए । उनले तालिम लिएको युवाहरुलाई सरकारले शुन्य व्याजमा ऋण उत्पलब्ध गराए मात्र बेरोजगारी काम हुने धारणा व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले बेरोजगारीलाई न्युन गर्नको लागी बृति परामर्श रोजगारी मेलाको आयोजना गरिएको बताए । उनले यस बर्ष एक दिने मेलाको आयोजना गरिए पनि आउने वर्षदेखि यो मेलालाई अझ व्यवस्थी बनाउदै एक हप्ताको लागी मेलाको आयोजना गरिने बताए ।