समाचार

लोकतान्त्रिक व्यवसायी फोरममा ढकाल विजयी

काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको अध्यक्षमा नरेन्द्रप्रसाद ढकाल विजयी भएका छन् । शुक्रबार राति भएको निर्वाचनमा उनी १०३ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी ऋषिप्रसाद शर्माले ४४, भुवनसिंह गुरुङले ५६ र सीतादेवी देवकोटाले ३८ मत ल्याएका थिए।

यसैगरी वरिष्ठ उपाध्यक्षमा तारानाथ अर्याल विजयी भएका छन । उपाध्यक्षमा जनक खड्का, महासचिवमा भवानी निरौला, सचिवमा कमल काफ्ले र कोषाध्यक्षमा कृष्णकुमार जैशी निर्वाचित भएका छन् । फोरमको सहकोषाध्यक्षमा यस अघिनै अमिर बाँस्तोला निर्विरोध निर्वाचित भइसकेका छन् ।

यसैगरी फोरमको सदस्यमा ईश्वर सापकोटा, नारायण भुसाल, तोरणकुमार कार्की, चन्द्रबहादुर लिम्बू, सेतेलाल पौडेल, नरेन्द्रमणि पराजुली, बिक्रम श्रेष्ठ, नगेन्द्रप्रसाद पोखरेल, राजेश गौतम र राजेश यादव निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।