मनोरञ्जन

केशव पाख्रिनको “मोहनी रैछ मायाँको रुप” सार्वजनिक (भिडियो सहित)

काठमाडौँ । गायक केशव पाख्रिनको सेलो गीत मार्फत सांगीतिक क्षेत्रमा आगमन । “मोहनी रैछ मायाँको रुप”बोलको गीत मार्फत गायक केशव पाख्रिन साँगीतिक क्षेत्रमा आफ्नो उपस्थिति जनाएका छन् । भर्खरै मात्र आफ्नो पहिलो प्रस्तुती जिग्मे मिडिया मार्फत सार्वजनिक गरेका छन् बुशेन लामाको शब्द तथा सँगीतमा फडिन्द्र राईको एरेन्ज रहेको गीतको , भिडियो भने मेलोडी नेपाल प्रोडक्सन मार्फत बनाएको छ ।

अहिलेको चर्चित मोडल निरन्जली लामा र शुक्र लामाको अभिनय रहेको भिडियो केशव बिस्वकर्माले छायांकनगरेका हुन् भने निरेन श्रेष्ठको कोरियोग्राफी र ,मोहन सुनुवारले सम्पादन गरेका हुन् उक्त गीतको भिडियोलाई अनि डी बी लामाको निर्देशन गरेका हुन् ।आफ्नो पहिलो प्रयास भएपनी स्रोतादर्शक बाट राम्रो प्रतिक्रिया आएको गायक केशब पाख्रिनले जानकारी दिए ।

आफ्नो यो पहिलो प्रस्तुति रहेको अब चाँडै नै एल्बम नै आउने कुरो गायक केशव पाख्रिनले बताएका छन।
[youtube https://www.youtube.com/watch?v=wTjGBT_kcpI]