प्रदेश 1

गच्छदारको गृहनगरमा तरुण दलले राँके जुलुश, हजारौं स्थानीय शुभेच्छुक र स्थानीयको उपस्थिति

काठमाडौं । नेपाली काँग्रेस भातृसंगठन नेपाल तरुण दलले सुनसरीमा आज उपसभापति बिजय कुमार गच्छदारलाई झुटा मुद्धा लगाएको भन्दै फिर्ता गर्न माग गर्दै आन्दोलन गरेको छ । सुनसरी जिल्ला सभापति सिजन गुरुगं, मोरगं जिल्लाका काँग्रेस नेता कार्यकर्ताहरु, सुनसरी क्षेत्र नम्बर ३ का नेताहरुको उपस्थितिरहेको उक्त आन्दोलनमा दुहवी चोकमा टायर बालेर बिरोध जनाएको छ ।

साँझामा राँके जुलुसको कार्यक्रम समेत गरेको तरुण दल, नेविसँघ लगायतको बिरोध कार्यक्रम जिल्लास्थीत काँग्रेस भातृसंगठन सबैले आयोजना गरेको सुनसरी काँग्रेसल बताएको छ । राँके जुलुसमा कोशी राजमार्गको धरान बिराटनगर रोडमा भएको संयुक्त आयोजनाको कार्यक्रम हजारौं स्थानीय काँग्रेस नेता कार्यकर्ता तथा शुभचिन्तकको उपस्थिति रहेको आयोजकले बताएको छ । दुईदिन अघिमात्र नेकपा महासचिव बिष्णु पौडेल, पुर्व प्रधानमन्त्रीहरु माधव नेपाल, डा बाबुराम भट्टराई, पुर्व मुख्यसचिव लिलामणी पौडेललाई कारबाही नगर्ने तर सरोकार नै नभएको मन्त्रालयका मन्त्री आफ्ना उपसभापति एवं संसदीय दलका नेता बिजय कुमार गच्छदारलाई मुद्धा लगाएर काँग्रेस बिरुद्ध षढ्यन्त्र गरेको आरोप आन्दोलनकारीहरुले लगाएका छन् ।

आईतबार तरुण दल केन्द्रीय समितिले आन्दोलन गर्दैछ भने शुक्रबार नै माईतीघरमा नेपाल विद्यार्थी केन्द्रीय समितिले विरोध कार्यक्रमहरु गरिसकेको छ । नेपाली काँग्रेसका उपसभापति बिजय कुमार गच्छदारको गृहजिल्ला सुनसरी जिल्ला पार्टी कार्यलय, भातृसंस्था लगायत सबैले बिज्ञप्ती जारी गरेरै नेता गच्छदारलाई फसाएको भनदै तत्काल मुद्धा फिर्ता लिन आग्रह गरिसकेका छन् । अख्तियार दुरुपयोग अनुसंधान आयोगले बिजय गच्छदारसहित १७५ जनाबिरुद्ध ललिता निवास बालुवाटारको जग्गा भ्रष्टाचारमा मुद्धा दायर गरेपछि राजनीति बृतमा काँग्रेस विजय गच्छदार केन्द्रीत देखिएको छ ।