समाचार

कानून व्यवसायी परिषद्को निर्वाचन सम्पन्न, मतगणना केहीबेरमा हुने

काठमाडौं । नेपाल कानून व्यवसायी परिषद् सदस्य (काउन्सिलर) का लागि आज निर्वाचन सम्पन्न भएको छ । सात प्रदेशमा एक/एक सदस्यका लागि निर्वाचन भएको हो । वाग्मती प्रदेशका लागि काठमाडौं, चितवन र हेटौँडामा निर्वाचन भएको छ । वाग्मती प्रदेशको सदस्यका लागि वरिष्ठ अधिवक्ताद्वय डा चन्द्रकान्त ज्ञवाली र डा गुणनिधि न्यौपाने प्रतिस्पर्धामा छन् ।

सर्वोच्च अदालत परिसरमा भएको निर्वाचनमा तीन हजार ३१७ मत खसेको प्रमुख निर्वाचन अधिकृत शिव रिमालले जानकारी दिए । वाग्मतीमा सात हजार ३९० मतदाता रहेका छन् । सर्वोच्च परिसरमा काठमाडौँ, ललितपुर, भक्तपुर, पाटन उच्च अदालतका मतदाताले मतदान गरेका थिए । उनका अनुसार मतगणना अहिले केहीबेरमा हुनेछ ।