समाचार

बङ्गलादेशका सेना प्रमुखद्वारा वीर स्मारकमा माल्यापर्ण

काठमाडौं । बङ्गलादेशका सेना प्रमुख अजिज् अहमदले टुँडिखेल सैनिक मञ्चस्थित वीर स्मारकामा आज माल्यार्पण गरे। उनको सम्मानमा जङ्गीअङ्डा परिसरमा नेपाली सेनाको एक टुकडीले आजै सम्मान गारत अर्पण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्र

धानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा बङ्गलादेशका प्रधानसेनापति अजिज् नेपालको पाँच दिने औपचारिक भ्रमणमा शुक्रबार आएका हुन्। भ्रमणका सिलसिलामा उनी पोखरास्थित पश्चिम पृतना हेडक्वाटर गएका छन । केही समयअघि प्रधानसेनापति थापाले बङ्गलादेशको भ्रमण गरेका थिए ।

भ्रमणका क्रममा यहाँ रहँदा बङ्गलादेशका सेना प्रमुख अजिज्ले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग भेट गर्नेकार्यक्रम रहेको सेनाले जानकारी दिएको छ । उनले काभ्रेस्थित वीरेन्द्र शान्तिकार्य तालीम केन्द्रको पनि अवलोकन भ्रमण गर्ने छन् ।
दुवै देशका सेना विभिन्न तहमा हुने तालीम र प्रशिक्षणमा सहभागी हुँदै आएका छन् ।