राजनीति

अख्तियारलाई बालुवाटार मात्र होइन, एनसेल, वाइडबडी, सुन काण्ड पनि अनुसन्धान गर्न दिनुपर्छ :अध्यक्ष थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले बालुवाटार प्रकरणमा संलग्न समपुर्ण विशिष्ट व्यत्तित्वहरुको छानविन गर्ने अख्तियारको कदमबारे आफु सकारामक रहेको बताएका छन् ।

बालवाटार घोटला प्रकरणमा संलग्न देखिएका कोहीपनि कानुनको दायराबाट फुत्किन नहुने र निर्दोषले सफाई पाउनुपर्ने उनको भनाइ छ । रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रमा उनले अख्तियारलाइ अझै धेरै अधिकार दिनु पर्ने र बालुवाटार घोटाला प्रकरण मात्र नभइ देशमा भएका एनसेल काण्ड, वाइटबडी काण्ड, र ३३ किलो सुन तस्कर काण्ड पनि छानविन गर्न दिनु पर्ने माग गरेका छन् ।