खेलकुद

आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालको ऐतिहासिक सफलता, हरायो अमेरिकालाई

काठमाडौ । आइसीसी क्रिकेट विश्वकप लिग लिग २ मा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको छ । त्रिकोणात्मक शृङ्खला अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकालाई पराजित गर्दै जित हासिल गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा १९१ रनको लक्ष्य पाएको अमेरिकाले ४४ ओभर एक बलमा १५५ रनमात्र बनाए । १३ रन बनाएको अवस्थामै अमेरिकाका ४ ब्याट्सम्यान पवेलियन फर्किसकेका थिए ।

करण केसीले चार, सुशान भारीले तीन विकेट लिए भने सन्दीप लामिछानेले दुई र कुशल मल्लले एक विकेट हात पारे । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा चार बल बाँकी छँदै सवै विकेट गुमाएर १९० रन बनाएको थियो । विनोद भण्डारी र कुशल मल्लले अर्धशतकीय पारी खेलेका थिए । भण्डारीले ५९ र मल्लले ५० रन बनाएका थिए ।