समाचार

बालुवाटार काण्डमा दोषी देखिएका पुर्व प्रधानमन्त्रीद्वय माधव र बाबुरामलाई तत्काल छानविन गरः मानव अधिकारबादी नेता पहाडी

काठमाडौं । अख्तियार दुरुपयोगअनुसंधान आयोगले १७५ जनामाथी वालुवाटारको ललिता निवासको जग्गा घोटालामा मुछिएका बिशिष्ट ब्यक्तीलाई गरेको कारबाही सिफारिसमा मानवअधिकारबादी नेता कृष्ण पहाडी असन्तुष्ट बनेका छन् ।

उनले आज एक विज्ञप्ती प्रकाशित गर्दै उक्त भ्रंष्टाचार काण्डमा पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल, डा बाबुराम भट्टराई, पुर्व मुख्यसचिव लीलामणी पौडेल, नेकपा महासचिव बिष्णु पौडेल लगायत अन्य आरोपीहरुलाई पनि अनुसंधानको दायरामा ल्याउन माग गरेका छन् ।

पहाडीले मुद्धामा परेका नेपाली काँग्रेसका उपसभापति बिजय कुमार गच्छदार, अख्तियारका पुर्व प्रमुख आयाुक्त दीप बस्न्यातसहित सबैलाई कारबाही गर्ने वातावरण बन्नुपर्ने माग गर्दै अन्य आरोपीलाई पनि राजनीतिक आस्थाका आधारमा बचाउनु नहुने धारणा राखेका छन् ।

उनले स्वतन्त्र रुपमा छानविन गर्न पछि हट्न नहुने भन्दै प्रारम्भीक छानविनले माधव नेपाल र बाबुराम भट्टराईपनि दोषी देखिएकाले तत्काल छानविनको दायरामा ल्याउन माग गरेका छन् ।