समाचार

तोकिएको समयमा काम नगर्ने ठेकेदारको सम्झौता रद गर्न ऊर्जा मन्त्रीको निर्देशन

काठमाडौं । सम्झौता आुसार काम नगर्ने निर्माण कम्पनीको सम्झौता रद गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले सम्बधित मातहतका निकायलाइ निर्देशन दिएका छन् ।

मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री पुनले आफु मन्त्री भएपछि बिचमा रोकिने र समयमा काम नगर्ने ठेकेदार कम्पनिहरुमा कमी आएको बताएका छन ।  पछिल्लो दुइवर्षको अवधिमा समस्याग्रस्त ठेक्काको संख्यामा उल्लेख्य सुधार भएको बताए ।

विगतमा राजनैतिक अस्थिरताका कारण र ६/७ महिनामा सरकार परिर्वतन भइरहने प्रवृतिका कारण ठेक्काको काम बारम्बार म्याद थप गर्ने र समयमा काम नगर्ने समस्या धेरै थियो तर अब यस्तो सजिलो नभएको उनले बताए । विगत मा जे भयो भयो अब त्यति सलिने छैन उनले भने ।

ठेक्का लगाउने सम्बधि कम्पनिले मासिक रुपमा प्रगति विवरण मन्त्रालयलाई बुझाउनुपर्ने व्यबस्था गएिको उनको भनाई थियो । मुलुकको हितमा काम गर्दा कहिलेकाही साना तिना गल्तिमा डराउनु नपर्ने मन्त्री पुनको भनाइ छ । राम्रो काम गर्दा कहिलेकाहीँ अप्ठेरो परिस्थिति आए सरकार पुर्ण रुपमा साथ रहने उनले बताए ।

सो मन्त्रालय अन्तर्गतका विभाग, कम्पनी र नेपाल विद्युत प्राधिकरणलगायत निकायका रुग्ण तथा समयमै सम्पन्न हुन नसकेका ठेक्काको संख्या उल्लेख्य रुपमा कमी आएको प्रधानमन्त्री कार्यालयले हालै तयार पारेको तथ्याङ्कले समेत देखाएको छ । सोही छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीका कानून विज्ञ बाबुराम दाहालले ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयको समस्याग्रस्त ठेक्काको संख्या पछिल्लो समय उल्लेख्य मात्रामा घटेको बताए ।

सिंचाइ विभागअन्तर्गत अघिल्लो आर्थिक वर्षको मंसिर मसान्तसम्म २ सय ३५ वटा ठेक्का समस्याग्रस्त रहेकामा उक्त संख्या घटेर यो वर्ष १ सय ३० मा झरेको छ । त्यसमध्ये पनि ८० प्रतिशतमा काम भइरहेको छ ।यस्तै, विद्युत प्राधिकरणअन्तर्गत अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ९१ वटा ठेक्का समस्याग्रस्त रहेकामा त्यस्ता ठेक्काको संख्या घटेर हाल ३९ वटामा झरेको छ । त्यसमध्ये पनि अधिकांशको म्याद थप भएर काम जारी रहेको दाहालले बताए ।