पर्यटन/संस्कृति

समाजमा सकारात्मक चिन्तनको विकास गर्न बौद्ध दर्शन महत्वपुर्ण: गगन थापा

काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ चाबहिलस्थित चारुमती विहारमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचनको प्रचारप्रसारका लागि आज साइकल यात्रा गरिएको छ । चाबहिलदेखि शुरु भएको साइकल यात्रा गौशाला, एयरपोर्ट, ग्वार्को, सातदोबाटो, लगनखेल स्तूप हुँदै विभिन्न बौद्ध सम्पदास्थलमा पुगेर चारुमती विहारमै फर्किएको छ ।

चारुमती बुद्धिष्ट मिसन नेपाल र थाइ इण्डो चाइना फ्रेण्डसिप एशोसिएशनको संयुक्त आयोजनामा उक्त कार्यक्रम नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले शुभारम्भ गरे । सो अवसरमा उनले समाजमा सकारात्मक चिन्तनको विकास गर्न बौद्ध दर्शनको महत्व रहेको बताए । उक्त विहार प्राचीन सम्पदास्थल भएकाले त्यसको सरक्षणमा आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

विभिन्न देशका राजदूतको समेत सहभागिता रहेको कार्यक्रमका संयोजक भिक्षु तपस्वी धम्मले नेपाल भ्रमण वर्षलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा प्रवद्र्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको बताए । यात्रामा १०० बढीको सहभागीता थियो । भारत, श्रीलङ्का, थाइल्याण्ड, म्यान्मा, कम्बोडिया, लाओसहित ७० बौद्ध गुरु बौद्ध साहित्य वाचनमा सहभागी हुन काठमाडौँ आएका छन् ।